Nojoto: Largest Storytelling Platform

Best छैन Shayari, Status, Quotes, Stories

Find the Best छैन Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos aboutबुढो हुन मन छैन, बोल्नै मन छैन, छैन खुशी ओठमा, डर छैन, मतलब छैन,

  • 8 Followers
  • 28 Stories

Susan Naga

jptnaga.com

read more
कसै सङ्ग बदला लिने मन छ तर मुटु छैन सपना छ तर कलपना छैन बल छ तर देखाउने  छैन र समय पनि छ तर धोकेबाजिमा बराबर गर्न रहर छैन।

god bless you jptnaga.com

Susan Naga

jptnaga.com

read more
Life मा धोका दिनेहुरुको कमित छैन ,मन मरे पनि आश मरेको छैन अजै,मैले पनि पालोको पैचो तिर्न पाउ । jptnaga.com

JYOpoetry❤️(मौनता)

cutecouple💕 #nepali

read more
"जिन्दगी सरल छैन है" भन्छन् सबै,, तर तिम्रो साथ पाए उति कठिन पनि छैन.. मेरी पोक्ची😘 #cutecouple💕 #nepali

प्रदेशि लाउरे

💋पठाइदे

read more
पठाइदे !!

बाबा भन्नुहुन्छ- 
काँध पाटियो केटा,पैसा पठाइदे !

संगिनी भन्छिन-
अब घर बनाएर छुट्टै बस्नु पर्छ 
जे पठाउने हो, छुट्टै पठाइस्योस् !

भाइ भन्छ- 
अत्ति भो दाई,
संसार खिच्छु, क्यामेंरा पठाइदे !

बैनी भन्छे- 
लाजको मर्नु भो दादा,
मेख मार्ने मोबाइल पठाइदिनुस् !

कहिलेकाहिं दिदीले सुनाउनुहुन्छ- 
भिनाजुको नाडीमा राम्रो घडी छैन,
जोरीपारीमा इज्जतै जोगिन्न  !

दाईले सिधै भन्नुहुन्न- 
बिज्नेस गर्न लगानी पुगेको छैन,
यो शीर आज सम्म अन्त झुकेको छैन  !

भाउजु झन आस नै गर्नु हुन्न- 
हामीलाई त के नै पो पठाउँथे !
ठूला बडा देवरले ?!

साथीहरू भन्छन-
के पठाउलास् र तँ जस्तो चुइँयाँले 
अरु छोड्, दुई चार वटा कालो बोतल पठाईदे !

सरकार भन्छ-
एक्लै भइस् भने बरु,अरु साथी पठाइदिन्छु
खुरुखुरू रेमिट्टेन्स पठाइदे !

महत्वाकांक्षीहरू भन्छन-
हामी माथि पुग्ने सिंढी बनिदे
अलिकति समाजसेवा पठाइदे !

आमा मात्र एउटी छन जो
मक्किएको मन लिएर
भत्किएको आँगनमा उभिन्छिन !
सुटुक्क आँखाको बादललाई
आशाको पानीले पखालेर हेर्छिन-
आउने जाने चिल गाडीहरूलाई !
र 
चुप्पी साँधेर भन्छिन-
ईश्वर हे !
मेरो सानेलाई छिट्टै घर पठाइदे !!

✍️सुनिल 💋पठाइदे

Swarnim Bookaholic

🤔🤔

read more
अक्सर अपराह्नमा पर्ने पानीले पानीसंगै याद बर्सार्इदिन्छ,, जुन याद तिमीसंग मात्र तिमीसंग जोडिएको छ। यस्तो बेला शरीरलाई  अोतमा राखेपनि मनलाई अोभानो बनाईराख्न कहिल्यै सक्दिनँ। हुन त  तिमीलाई त अरुबेला नि सम्झिरहन्छु तर पानी पर्दा तिमी यतैकतै मसंगै छौ जस्तो अाभाष हुन्छ,, लाग्छ पानीसंग समेटिएको तिम्रो याद अझै अोभाएकै छैन, मनमा उसैगरी लछप्प टाँसिएको छ जसरी झरीमा भिज्दा रुझेको कपडा शरीरमा लछप्प टाँसिएको हुन्छ,,पानीले भिजेर शरीरमा टाँसिएको कपडालाई त बरु अर्को अोभानो कपडाले विस्थापन गर्न मिल्थ्यो तर मनमा गाढा भै टाँसिएको तिम्रो यादलाई विस्थापित गर्न सक्ने अर्को याद अहँ मसंग छदैँ छैन।

         घडीले अपराह्नको चार बजाईसकेको थियो। परिक्षाको अन्तिम दिन पनि सकिदैँ थियो,, मन निस्फिक्रि भएर कता कता उड्न थालेको थियो,, भर्खरै परीक्षा दिएर सकिएको भएपनि हतास अलिकति पनि थिइनँ,, हिजोअस्तिकै दिन भए सायद बाँकि रहेका पेपरको तयारी सम्झेरै मन बोझिलो हुने थियो,, अझ त्यसमाथि तिमीले एकदिन अघिमात्र थमाएका नोट  पुरै पढेर सक्नुपर्ने दबाबले जिन्दगी पुरै थिचिएझैँ अनुभव गर्थेँ म तर अाज बोझबाट उन्मुक्त भइसकेको थिएँ जस्तो कि पिँजडाको कैदबाट चरा  मुक्त हुन्छ।

    परीक्षा हलबाट बाहिरिएपछि करिब दस मिनेटको बाटो मात्रै थियो जहाँ हाम्रा पैतलाहरु संगै पदचाप बनाउँदै अघिपछि गर्थे। त्यसपछि हामी पुग्नुपर्ने अा- अाफ्ना गन्तव्य  विपरीत फर्किएका चुम्बकका दुई ध्रुव जस्तै थिए। अरुदिन भएको भए सायद त्यहि दस मिनेटपछि लगत्तै छुटिन्थ्यौ हामी। तर त्यो दिन त्यस्तो भएन परिक्षाको अन्तिम दिन जो थियो,, सायद तिम्रो मनले त्यो पल पनि भनिरहेको हुनुपर्छ  कि यो दस मिनेट लाग्ने बाटो लम्बिएर पुरै जिन्दगी नटुङ्गिएसम्म निरन्तर हिँडिरहनु पर्ने हाम्रो जीवनयात्रा बनोस्। उसो त मलाई  तिम्रो अनुहार पढ्न गाह्रो पनि थिएन। तिमीलाई देख्दा यस्तो लाग्थ्यो कि तिमी हरबखत मप्रति अाफ्नो प्रेम अभिव्यक्त गर्ने अवसर पर्खिरहेछौ जसरी अविछिन्न रुपमा मन्दिरमा बस्ने पुजारीले भेटी प्राप्त हुने अाशामा भक्तजन पर्खिरहेको हुन्छ।
    
    तिमीले त्यहि दस मिनेटकै सेरोफेरोमा मलाई कफीको लागि अाग्रह गर्यौ मैले निशर्त स्वीकारीदिएँ। यसअघि तिम्रा अाग्रहहरु पटकपटक बेवास्ता गरिदिन्थेँ म। सायद त्यहि  सम्झेर हुनुपर्छ तिमीले साँच्चिकै हो!? भन्ने भावले मलाई  हेरिरहेका थियौ। तिम्रो नजरको सवाललाई मैले शब्दले जवाफ फर्काउन जरुरी ठानिनँ मात्रै मौन मौन मुस्कुराइदिएँ। उसै पनि बोलिराख्ने स्वभाव नै कहाँ थियो र मसंग!? अाफ्ना  प्रस्तावहरुमाथि मेरो सकारात्मक जवाफले दिने तिम्रो अनुहारको चमक हेरेर अचम्मित मात्रै होइन सोचमग्न बन्थेँ म। 🤔🤔

👉ɹ-ɐɐzn

read more
यदि हारको कुनै सम्भावना छैन भने,
त्यो जितको पनि कुनै अर्थ छैन।।

Love Troll

read more
तिमीलाइ नसम्झेको
कुनै छिन छैन
खसालेर आशु नरोको
कुनै दिन छैन। #NojotoQuote

Love Troll

read more
सुरुको सम्झना छैन
अन्त्यको कुनै ठेगाना छैन
तर पनि चलिरहेको छ
फेद न टुप्पाको जिन्दगी #NojotoQuote

Love Troll

read more
तिमी मेरो भाग्यमा लेखीएको छैन भनु कि
म तिम्रो भाग्यमा लेखीएको छैन भनु
आखिर जे भनु हामी एकअर्काको भाग्यमा जो छैनौ। #NojotoQuote

Love Troll

read more
म समयसग हिड्न जानेको छैन
अटल छु अझै हार मानेको छैन। #NojotoQuote
loader
Home
Explore
Events
Notification
Profile