Nojoto: Largest Storytelling Platform

वर्षा चहकिलो सुर्यको किरणलाई भिजाएर आकाशबाट सुर्

वर्षा


चहकिलो सुर्यको किरणलाई भिजाएर
आकाशबाट सुर्यको मधुर कान्ति फिँजाएर
मधुर धारा सरह जब वर्षा बर्सिन्छ
कहिले काँही चटेङले सारा जगत तर्सिन्छ।

वर्षा, उनि शीतल छिन्, सुकोमल छिन्
बत्तीस लक्षण चौसठ्ठी कलायुक्त छिन्
आँखाभित्र एक अन्जुली स्पर्शले मात्र 
बनाउँछिन्  एक सुन्दरताको पात्र।

त्यो तातो वातावरण पनि 
चिसो बनाइदिने
दवानलको ज्वाला जब फुट्छ
जगतै भिज्ने गरि
तब!
माथीबाट खनाइदिने।

उनको त्यो एक सुर र 
तालको ध्वनिले मात्र
म सपना देख्ने हुन्छु
जब वर्षा बर्सिने गर्छिन तब
म कविता लेख्ने हुन्छु।

©Rupesh Adhikari Rain

#baarish 
#rain 
#Poet 
#Poetry 
#poem 
#poemisnotdead
वर्षा


चहकिलो सुर्यको किरणलाई भिजाएर
आकाशबाट सुर्यको मधुर कान्ति फिँजाएर
मधुर धारा सरह जब वर्षा बर्सिन्छ
कहिले काँही चटेङले सारा जगत तर्सिन्छ।

वर्षा, उनि शीतल छिन्, सुकोमल छिन्
बत्तीस लक्षण चौसठ्ठी कलायुक्त छिन्
आँखाभित्र एक अन्जुली स्पर्शले मात्र 
बनाउँछिन्  एक सुन्दरताको पात्र।

त्यो तातो वातावरण पनि 
चिसो बनाइदिने
दवानलको ज्वाला जब फुट्छ
जगतै भिज्ने गरि
तब!
माथीबाट खनाइदिने।

उनको त्यो एक सुर र 
तालको ध्वनिले मात्र
म सपना देख्ने हुन्छु
जब वर्षा बर्सिने गर्छिन तब
म कविता लेख्ने हुन्छु।

©Rupesh Adhikari Rain

#baarish 
#rain 
#Poet 
#Poetry 
#poem 
#poemisnotdead