सपनाहरु कहाँ सस्ता हुन्छन् र हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा कयौं रातहरुको बलिदानले बल्ल एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ जीवन त्यहिँ सपनाको खोजिमा बित्छ कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी कयौं चाहनाहरुलाई भ्रुणमै मारि एउटा सपनाको पछि भाग्छ मान्छे धेरै परिश्रम र लगानीको सट्टामा एउटा सपना साकार हुन्छ सपना बिपना बन्छ सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली