"म" , किन मौन छु ? दुख र रोदनले लुथ्रुक्क भिजेका मेरा कविताहरूमा , तिमी अलिकति पनि चिसोपन भेटदैनौ । प्रेममा लुटुपुटु भएका मेरा ति हरफहरूमा तिमी कहिले पनि प्रेम भेटदैनौ । नवरसको परिपूर्णतामा रमाई रहेको मेरा कृतिहरूमा तिमी एउटै रस पनि भेट्दैनौ । तिम्रो प्रतिक्षामा दिनहुँ बाटो हेरेर पर्खी बस्ने मेरो न्यानो अंगालोमा तिमी कहिले न्यानोपन भेट्दैनौ । त्यसैले मनभरी थातिका थाति शब्द भए पनि म निशब्द छु , शून्य छु । त्यसैले "म " , मौन छु । पहिलो प्रयास